मेचुको शब्द संगीत, स्वरमा रुक्सनाको साथ ‘उड्नु छ’ लाई तारिफ
गायिका मेचु धिमाल र रुक्सना लिम्बुको स्वरमा नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ । मेचुकै शब्द संगीत रहेको ‘उड्नु छ’ बोलको गीत हालै ‘मेचु धिमाल’ युटुब च्यानलमा सार्वजनिक भएको हो । म्युजिक भिडियो रिलिज भएको छोटो समयमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । भने भिडियोले भ्युज पनि राम्रो पाइरहेको छ । गीतमा बिशम आचार्यको एरेन्ज तथा मिक्सिङ रहेको छ ।

भिडियोमा मेचु र रुक्सना दुबैको अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा छायांकन, सम्पादन तथा रंग-सम्योजन इसाक जबेगूको रहेको छ । ‘उड्नु छ’ भिडियोको कन्सेप्ट, कथा तथा कोरियोग्राफी मेचु स्वयमको रहेको छ । हाङ चेम्जोङ्ग भिडियोका निर्देशक हुन् ।








