बुद्ध र रेश्माको ‘मायाको डोरी’ मा बुद्ध र मुन्नी
गायक बुद्ध लामा र गायिका रेश्मा तामाङको नयाँ तामाङ शेलोको भिडियो सार्वजनिक भएको छ । ‘मायाको डोरी’ तामाङ शेलोको भिडियो गायक बुद्ध लामाको अफिसियल युटुब च्यानलमा रिलिज भएको हो । तिर्थ बास्ताकोटी र सोनाम योन्जनको शब्द रहेको गीतका संगीतकार बुद्ध लामा हुन् ।

भिडियोमा गायक बुद्ध लामासंग प्रियना अचार्य ‘मुन्नी’ ले रोमान्स गरेकी छिन् । सागर प्रधानले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका छन् । भिडियोका निर्देशक तथा कोरियोग्राफर प्रमोद भण्डारी हुन् ।








