सागरको ‘पोखरेली शहर’ सार्वजनिक
गायक सागर बुढाथोकीको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘पोखरेली शहर’ बोलको गीतको भिडियो मधुर आर्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पोखरामा एक यूवती देखेपछि यूवकको मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा सागर वुढाथोकी र शिवानी कुँवरले अभिनय गरेका छन् । पोखरा र लमजुङमा खिचिएको भिडियोमा अशोक भुजेलको निर्देशन छ । भिडियोमा राजकुमार श्रेष्ठको छायांकन र सम्पादन छ । सागरले ६ बर्ष अगाडि ‘डुम्रे काँटेर लमजुङको बाटो’ सार्वजनिक गरेका थिए ।








