त्रिशला गुरुङको ‘तिम्रो जस्तै’ मा स्वामी सुवास, उपसना र प्रेरणा
गायिका डा. त्रिशला गुरुङको आवाजमा ‘तिम्रो जस्तै’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । काठमान्डौको नाँच घरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत, श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ ।

भिडियोमा स्वामी सुवास चन्द्र, उपसना नेम्बाङ्ग र प्रेरणा थापाको अभिनय रहेको छ । भेगन गुरुको प्रस्तुति रहेको गीतको भिडियोलाइ कविराज गहतराजले निर्देशन गरेका छन् । बालकृष्ण थारुको कथा रहेको भिडियोलाइ रुपेश थापाले खिचेका हुन भने सम्पादन अर्जुन जीसीले गरेका हुन्।
यस्तै मेकअप सरोज पाण्डे, हेयरमा प्रिया रोक्का र सह–निर्देशकको रुपमा साजन थापा रहेका छन्। उक्त गीतमा कृष्ण गुरुङ ‘बोधिस्वत’को लगानी रहेको छ ।
गीतमा आम मानिसहरुलाई हत्या हिंसा गर्नु हुदैन, हरेक जनावरको पनि मानवको जस्तै मन हुन्छ, उनीहरुलाई काट्दा हामीलाई जस्तै दुख्छ भन्ने कुराको संदेश दिन खोजिएको छ । भेगन बन्न उक्त गीतले सबैलाई प्रेरणा दिएको छ ।








