यसअघि ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको ट्रि इन्टरटेन्मेन्टले नेपाल भाषाको गीत आज सार्वजनिक गरेको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो ।

दीपक नेपालीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज छ । सार्वजनिक अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

For More videos Log on to Mazzako TV