गजल गायनका कारण चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार हुन् थानेश्वर गौतम । नेपाली गीतसंगीतले भाइरल शब्द खोजिरहेको समयमा थानेश्वरको गजलले भने प्रेमको पीडा बोल्छ । उनै, थानेश्वरको स्वर र संगीतमा तयार भएको ‘तिम्रा यादहरु’ ले प्रेममा असफल भएको एक प्रेमीको पीडालाई मन छुने शैलीमा उठाएको छ । यो गजलमा जीवन बीकेको शब्द छ । जीवनको शब्दमा प्रेम पीडा छ ।

यो गीतको भाव अनुसार, निर्देशक रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ । भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय गरेका छन् । रामजीले कलाकारको अभिनयमा पनि गहिराई खोजेका छन् ।

For More videos Log on to Mazzako TV