गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीको शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ । डान्सिङ नम्बरको यो गीतका गायक अर्याल र गीतकार रेग्मी दुबै इन्जिनियर हुन् ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।

भिडियोमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैलीमा तयार पारेको छन् ।

For More videos Log on to Mazzako TV