गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

भिडियोमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोमान्स गरेका छन् । भिडियोेको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा दीपक मान सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा माधव शर्मा एसोसियट निर्देशकको रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैलीमा तयार पारेको छन् ।

For More videos Log on to Mazzako TV