अग्रज सम्मान गर्दै मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ रिलिज
देवीथान म्युजिक प्रालि निरन्तर नेपाली गीतसंगीत सिर्जना र अग्रज सम्मानका लागी समर्पित रहेको छ। सर्जक राजनराज शिवाकोटी र उनको टिमले सोहि क्रमलाई निरन्तरता दिईरहेको छ । नयाँ गीत ‘सुनको कचौरी’ रिलिज कार्यक्रममा यो टिमले अग्रज सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ।

उद्योगपति डा. विनोदकुमार चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार निर शाह र हरिवंश आचार्यको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विनोद कुमार चौधरीलाई सम्मान गरिएको थियो। कदरपत्र, दुर्गाको प्रतिमाको साथमा उनले नेपाली काल, साहित्य क्षेत्रमा गरेको योगदानका लागी सम्मान गरिएको थियो।

त्यस्तै निर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका व्यक्तिलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो। मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा रहेको ‘सुनको कचौरी’ बोलको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर रहेका छन्।

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष राजबाकको कोरियोग्राफी रहेको छ। गीतको भिडियो रिलिज कार्यक्रममा निर शाह, हरिवंश आचार्य र बिनोद चौधरीले भिडियोको बारेमा खुलेर तारिफ गरेका छन्। मदनकृष्ण र गौरीको जोडी र भिडियोको प्रस्तुती तारिफयोग्य रहेको प्रतिक्रिया सवैले दिएका छन्।








