बुद्धि र रश्मिको ‘जाले रुमाल’ (भिडियो)
अभिनेता बुद्धि तामाङ र रश्मि गुरुङको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीतको म्युजिक भिडियो आफ्नो मन नामक युटुब च्यानलमा सार्वजनिक गरिएको हो ।
कृष्ण केसीको कन्सेप्ट तथा निर्देशनमा तयार भएको यस भिडियोको गीतमा स्वर र शब्द निर्देशक स्वयमकै रहेको छ । संगीत सुरेश अधिकारीले गीतमा भरेका छन् । पवन सुस्लिङको सम्पादन र कलर साथै छायाङ्कन भिडियोमा समावेश छ ।








