सम्झना ओलीको ‘मनमा’ गीत सार्वजनिक
गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।
भिडियोमासमेत गायिका ओली आफैँ देखिएकी छिन् । भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । भिडियोमा दीपक गौतमको लगानी रहेको छ ।








