‘बिरे ठिटो’ म्युजिक भिडियो सार्वजनिक
‘बिरे ठिटो’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र स्वर प्रबिण राजथालाको रहेको छ । गीतका एरेन्जर बादल लिम्बु हुन् । भने मुन्धुम रेकर्डीङ स्टुडियोमा रेकर्ड भएको हो ।
सत्यराज चौलागाँई प्रोजेक्ट सुपरभाइजर र कन्सेप्ट रेहको भिडियोका निर्देशक गौरभ मल्ल हुन् । मोहन कुमार झिल्लुको सिनेमाटोग्राफी रहेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । भिडियो हेर्दा फिल्म हेरेको अनुभब हुन् ।
भिडियोमा मनोज दवाडी, गौरभ मल्ल, डेबिड महतो, सम्मन चौलागाँई, सर्मिला चौलागाँई लगायतको अभिनय रहेको छ । त्यस्तै देवी उगाकोटी, पुण्य गौतम, तिलक कार्की, सोनी लंघुन, राजन सुनार, निराजन बर्ताैला, हरि भट्ट, सरद घर्ती, सुजन निरौला, अनुप थेगिम लिम्बु, संजिब चौलागाँई र रमित थारुलाई भिडियोमा देख्न सकिन्छ ।








