सनुपको ‘मेरा आकाशका तारा’ गीत सार्वजनिक
सनुप गायक सनुप पौडेलको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरा आकाशका तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतले बाबु र छोराको प्रेम र विछोडको कथा भन्छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको यो गीतमा राज सागरको संगीत छ ।

गीतकार सन्दिपले आफ्नो पिताको संझनामा यो गीत कोरेका हुन् । अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।यो गीतको भिडियोमा निर विक्रम शाह र गौरव बिष्टको अभिनय हेर्न सकिन्छ ।








