लक्की सिन्दुको पन्जावी भर्सनमा चर्चित गीत ‘टुङ्नाको धुनमा’
पुरानो नेपाली फिल्म ‘रहर’ को चर्चित गीत ‘तुङ्ग्नाको धुन’ अहिले सम्म पनि हिट छ । कुसुम गजमेर र निर्देशक तुलसी घिमिरले लेखेको गीतमा रन्जित गजमेरले संगीत भरेका थिए । भने स्वर इन्द्रजित मिजारको थियो । यो गीत २०५३ साल तिर बनेको थियो । अहिले सम्म पनि यो गीत हिट छ । ‘तुङ्ग्नाको धुन’ को धेरै कभर गीतहरु निर्माण भएका छन् ।
यसै क्रममा भारतको पन्जाबी गायक लक्कि सिन्दुले समेत कभर सार्वजनिक गरेका छन् । हालै लक्किले आफ्नै अफिसियल युटुब च्यानलमा ‘तुङ्ग्नाको धुन’ को कभर भर्सन सार्वजनिक गरेका हुन् । लक्कि सिन्दको स्वरमा समेत यो गीत निकै फरक सुनिएको छ । दर्शकले समेत राम्रो प्रतिक्रिया दिइरहेका छन् । यसअघि लक्कि सिन्दुले ‘फुलबुट्टे साडी’ को समेत पंजाबी भर्सन निर्माण गरेका थिए । जुनले मज्जाको प्रतिक्रया पायो ।
‘तुङ्ग्नाको धुन’ को कभर भर्सनलाई संसार ब्लगले निर्माण गरेको हो । यो भिडियोका निर्देशक डी एन एस जोन्नी हुन् भने प्रोजेक्ट मेनेजर डी वर्गा हुन् । भिडियोमा प्रज्वल भट्टराई, एफ बकानु र उतावको अभिनय रहेको छ । संसार ब्लगले बेलायतमा बसेर नेपाली गीत संगीत संस्कृतीको बिषयमा बिभिन्न भिडियो निर्माण गर्दै आएको छ ।









