‘फर्कन छोरा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)
गायक राजेश पायल राईको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । हालै ‘फर्कन छोरा’ बोलको गीतको भिडियो युटुबमा रिलिज गरिएको हो । केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रहेको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको भिडियोको निर्देशन रंगकर्मी प्रविण खतिवडाले गरेका छन् । भिडियोमा रंगकर्मी कमलमणि नेपाल र सरिता गिरि मुख्य भुमिकामा फिचर्ड छन्।

भिडियोमा अन्य कलाकारहरुमा अभिषेक सापकोटा, बिवेक सापकोटा, सरस्वती चौधरी, घनश्याम जोशी, बिनोद खतिवडा, उत्तमराज पाण्डे, सम्रान्त थापा, मारुती सापकोटा र दिलिप सापकोटाको पनि अभिनय रहेको छ ।
काभ्रेको रयाले, धुलिखेल, तिनपिप्ले लगायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको भिडियोका छायाँकार महेश पौडेल हुन्। त्यसैगरी भिडियोको सम्पादन कृष्ण भण्डारीले गरेका हुन्। ‘केशव एस.दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।








