रामकृष्ण ढकाल र वेनिशा पौडेलको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘नयाँ जीवन’ बोलको गीत सार्वजनिक गरिएको हो । ‘स्वाँर फिल्मस्’ ले उक्त गीति भिडियो निर्माण गरेको हो ।

भिडियोलाई निर्देशक बिक्रम स्वाँरले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । प्रकाश सपुत र मोडल मोनिका बुढाथोकीसंगै भिडियोमा कालु राणालाई पनि देख्न सकिन्छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । छायांकन नवराज उप्रेतीले गरेका छन् । रेनिश फागोले कलरको काम गरेका छन् । अडियोतर्फ संगीत दीपक शर्माको छ भने शब्द निशा अर्यालले लेखेकी छिन् । एरेञ्ज पुरुषोत्तम सुवेदीको छ ।

For More videos Log on to Mazzako TV