गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ। भीम विसीको संगीत रहेको गीतमा शिवराज योगीको शब्द छन्। सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन्। बटौली, तीन पाते जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन्।

नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अफ्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ। मोडल आकाश र अनुको कामलाई धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्। यस अघि संगीतकार विसी र गायिको चौहानको स्वरमा पनि ुऐना हेरी हेरीुको लिरिकिल भिडियो रिलिज भैसकेको छ।

For More videos Log on to Mazzako TV