गीतकार बिष्णा बिरहीको शब्दमा ‘साँझ ढलि रहेथ्यो’ सार्वजनिक भएको छ। स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन। उनले हाल सम्म तिन वोटा एल्बम बजारमा ल्याईसकेकी छिन भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरु समाबेस रहेका छन्। गीतकार बिरहीले लेखेका गीत छल्नु छल्यो जिन्दगिले , किन आउछौ परेलीमा लगायतका गीतहरु चर्चित छन्।
For More videos Log on to Mazzako TV