‘फुलबुट्टे सारी’ का ओर्जिनल गायक मार्मिकको ‘सुनबुकी फूल’ सार्वजनिक
गायक मार्मिक लामाको नयाँ गीत रिलिज भएको छ । मंगलबार गायक मार्मिक लामाको स्वरमा रहेको ‘सुनबुकी फूल’ बालेको गीत सार्वजनिक भएको हो । गायक लामा ‘फुलबुट्टे सारी’ गीतका ओर्जिनल गायक हुन् । उनि लामो समय पछि गायनमा फर्किएका हुन् ।
‘सुनबुकी फूल’ गीतमा संगीतकार राजन राज शिवाकोटीको शब्द, संगीत छ । राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा आनन्द सिंह, रक्षा थापा र अभिषेक वजगाई फिचर रहेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।








