‘ठूल्दाइको फूलमाला’ मा सरोज, आश्मासंगै शिशिर र रीता
गायिका मेलिना राई र गायक आरसी रिमालको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार ‘ठूल्दाइको फूलमाला’ बोलको गीत यटुबमा सार्वजनिक भएको हो । दिपक सिलवालको शब्द संगीत रहेको गीतका एरेन्जर सहस शाक्यको हो ।

भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा देख्न सकिन्छ ।
भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।








