स्वरुपाको स्वरमा गौरव र उत्साहको ‘जस्लाई मैले’ सार्वजनिक
गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीतमा तयार भएको ‘जसले मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा निर्देशक समन अधिकारीले बुहारी पनि छोरी जस्तै हुन् यसैले उनीहरुलाई पनि छोरीको जस्तै व्यवहार गरौं भन्ने सन्देश दिएका छन् ।
यो गीतको भिडियो गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।
भिडियोमा फराज अर्पणको छायांकन तथा निर्देशन छ । भिडियोमा आफूले प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले भोग्ने वेदना देखाइएको छ ।








