महेन्द्रराज बरालको ‘सानुमाया’ सार्वजनिक
गायक महेन्द्र राज बरालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको । गायक महेन्द्र राज र गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ ‘सानुमाया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । महेन्द्र राज बराल युट्युब च्यानल बाट भिडियोलाई सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत हरि लम्सालको रहेको छ ।

भिडियोमा जिबेश गुरुङ र दिया जिसीको अभिनय रहेको छ । सार्वजनिक म्युजिक भिडियोलाई किरण दाहाल र विवेक मगरले संयुक्त रुपमा निर्देशन गरेका छन् । विवेक मगरको डिओपी, सम्पादन र कलर संयोजन रहेको छ । हेर्नुहोस् भिडियो :








