प्रबिण राजथलाको ‘आमा’ बोलको नयाँ गीत सावईजनिक भएको छ । आमाको मुख हर्ने दिनको छेकोमा ‘आमा’ गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द, संगीत र स्वर प्रबिण राजथलाको नै छ । गोपाल रसाइलीको एरेन्ज छ गीतमा ।

भिडियोलाई निर्देशक सत्यराज चौलागाँई निर्देशन गरेका हुन् । भिडियोमा प्रबिण राजथला, सबी बज्रचार्य चौलागाँई र सुमन चौलागाँईको अभिनय रहेको छ । राम कुमार केसी र सुदिप शर्माले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोलाई एलिजा महर्जनले निर्माण गरेकी हुन् ।

For More videos Log on to Mazzako TV