‘धारै नखोली’ मा आकाश, पूजा, आँचल र रोशन
निर्देशक विधान कार्कीको निर्देशनमा तयार भएको ‘धारै नखोली’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतमा रोशन अधिकारी र समिक्षा अधिकारीको स्वर छ ।

गीतको भिडियोलाई विधानले डान्सिङ नम्बरमा तयार पारेका छन् । सुकुटे विचमा खिचिएको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, आँचल शर्माको साथमा गायक रोशन अधिकारीको अभिनय हेर्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।








