गायक सुरज कुमार थापा र गायिका मीना निरौलाको स्वर, गीतकार विरेन्द्र पाठकको रचना तथा संगीतकार दीपकराज विश्वकर्माको संगीतमा हालै एउटा नयाँ म्युजिक भिडियो युटुबमा सार्वजनिक गरिएको छ।

नवीन जंग क्षेत्री र हेमा श्रेष्ठको अभिनय, निरू बस्नेतको श्रृंगार, कमल प्रसाईको छायांकन, विकास दाहालको सम्पादन तथा सन्तोष बस्नेतको परिकल्पना एवं निर्देशन रहेको यस म्युजिक भिडियोमा गरिबीको कारण छुट्टिएर बस्नु परेको जोडीको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

समष्टिगत रूपमा हेर्दा मन छुने हृदयस्पर्शी गीत संगीतलाई कलाकार द्दयको मार्मिक अभिनय र उत्कृष्ट भिडियो निर्माण पक्षले अझै मार्मिक र सशक्त बनाइ दिएको छ।

For More videos Log on to Mazzako TV