गायक सुबास भुजेल र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हार जीत’ बोलको गीतको म्युजिक भिडियो हालै युटुबमा सार्वजनिक गरिएको हो । सर्वधन राइको शब्द रहेको गीतमा साजन शाहको संगीत रहेको छ । गीतका एरेन्जर आमोस तामाङ हुन् । भिडियोलाई निर्देशक कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

सार्वजनिक भएको भिडियोमा ‘के मायाँ लाग्छ र ?’ बोलको भिडियोबाट अत्याधिक चर्चा बटुलेकीअभिनेत्री सुरबिना कार्की र सुबास भुजेलको अभिनय रहेको छ । भिडियोका कोरियोग्राफर प्रबिण थापा हुन् । सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो:

For More videos Log on to Mazzako TV