आम्बेगुदिन–काठमाडौं सेवा समाज गठन
राजधानी काठमाडौंलाई कर्मभूमि बनाएका सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनबासी एकताबद्ध भएका छन्। शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा आम्बेगुदिन–काठमाडौं सेवा समाज गठन गरिएको हो। सेवा समाजको अध्यक्षमा राज थेबे चयन भएका छन्।

भने सचीवमा प्रलाद चौहान चयन भएका छन। चौहान सामाजिक क्षेत्रमासँगै काठमाडौमा व्यावसायिक क्षेत्रमा सक्रिय रहेका छन्। नवगठित समितिको उपाध्यक्षद्वय रुद्र थेबे र निता तिवारी रहेका छन्। महासचिवको जिम्मेवारी रक्की थेबेले पाएका छन्।
सेवा समितिको सचिवमा प्रल्हाद चौहान (पर्शराम) र कोषाध्यक्षमा राज लिम्बू चयन भएका छन्। सेवा समिति सदस्यहरूमा सिर्जना लिम्बू, पूजा थेबे, सुजा थेबे, रामकुमार तेम्बे, देउमान बानियाँ (युमन), जंग थेबे र दीपेन थेबे चयन भएका छन्।

संस्थालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि रकम पनि संकलन गरिएको सचिव प्रल्हाद चौहानले बताए। चौहानका अनुसार संस्था गठन भएको दिन शनिबार ३८ हजार ४ सय रुपैयाँ संकलन भएको छ।
For More videos Log on to Mazzako TV







