गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्तलाको फूल बोलको पुर्वेली फ्लेवरको म्युजिक भिडियो बिहिबार इनाक्षी इन्टरटेण्ट युटुब च्यानलमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा दिपक शर्माको शब्द संगीत सन्न सकिन्छ । गीतको अडियो तारिफयोग्य छ ।

भिडियोको कन्सेप्ट र निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराइको हो । गीतको भिडियोमा लक्ष्मी बर्देवा र गायक मिन गुरुङको अभिनयले मन छुन्छ । गीतलाई गाउँले परिवेशमा समावेश गरेर निर्माण गरिएको छ । यसले गर्दाै गीत हेर्दा अझै मज्जा आउँछ । बुद्ध थापाले खिचेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV