एस स्टडी वल्र्डको प्रस्तुतीमा बनेको नाजिर हुसेन र सुमी मानन्धर अभिनित माया लाउँ की बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल सिजन २ बाट चर्चामा आएका विक्रम बराल र मेलिना राईको स्वरमा रहेको गीतमा नाजिर र सुमी मानन्धरको जोडी देख्न पाइन्छ।

प्रदीप चापागाँईको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। रक पप शैलीमा गीत गाएर चर्चामा आएका विक्रम बरालले यस गीतमा फरकपन शैलीमा गाएका छन्। जुन कुरा दर्शक श्रोतालाई मन परेको प्रतिक्रिया दिएका छन्।

दीपक प्रसाद आचार्य काकुले निर्देशन गरेको गीतको भिडियोमा नाजिर र सुमीको जोडीलाई रमाइलो ढंगको साथै सरप्राइज तरिकाले प्रस्तुत गरिएको छ। पवन सुस्लिङले खिचेको भिडियोलाई पवन स्वयम्ले सम्पादन तथा भिएफक्स गरेका हुन्।

गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ। गीतलाई रचनाकार प्रदीप चापागाईँको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

For More videos Log on to Mazzako TV