लोकप्रिय गायक युवराजको स्याड सङको मज्जाको उपलब्धि
गायक युवराज चौलागाईंको ‘तिम्रो माया पाउनलाई’ गीत २ कारोड क्लबमा प्रवेश गरेको छ । गीतलाई युटुबमा दुई करोड ६९ हजार भन्दा बढि पटक हेरिएको छ । फिल्मको पाश्र्व गायनमा समेत अब्बल मानिने गायक चौलागाईंका फिल्मका दर्जनौँ गीत सुपरहिट छन् ।
दर्जनौँ अवार्ड पाएका गायक चौलागाईंका यसअघि कुनै पनि गीतले यूट्युबमा भने यस्तो उपलब्धि हासिल गरेका थिएनन् ।
चन्द्र ज्योती आलेको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत सुन्न सकिन्छ । राजन ईशान गीतका एरेन्जर हुन् । गीतको म्युजिक भिडियोलाई अभिनेता पल शाहले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र अभिनेत्री आँचल शर्माले अभिनय गरेका छन् ।
‘तिम्रो माया पाउनलाई’ गीतले यूट्युबमा दुई करोड बढी भ्यूज पाएकोमा गायक चौलागाईंले दर्शक तथा स्रोतालाई धन्यवाद दिएका छन् । अझै राम्रा राम्रा सिर्जना ल्याउँन हौसाला मिलेको उनि बताउछन् ।
गायक युवराज चौलागाईंसंग गरिएको मज्जाको गफगाफ हेर्नुहोस् :









