ममता र समिरको गीतमा सुशान्त र एलिशा (भिडियो)
गायक समिर मोक्तान र गायिका ममता गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘काफल गेडी कुटुक्कै’ बोलको गीतको म्युजिक भिडियो “डश म्युजिक नेपाल’ युटुब च्यानलमा सार्वजनिक भएको हो । डि.पी खनालको शब्द रहेको गीतमा शकंर थापा ‘स्माईल’ को संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् ।
भिडियोमा सुशान्त खत्री र एलिशा राईको अभिनय रहेको छ । सार्वजनिक भिडियोका सुशान्त खत्री कोरीयोग्राफर समेत हुन् । राजिव समरले निर्देशन गरेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छाँयाकन रहेको छ ।









