गायक सर्जुन राईको दैलो सार्वजनिक (भिडियो)
पछिल्लो समय नेपाली संगीत क्षेत्रमा संघर्ष गरिरहेका गायक सर्जुन राईको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा समेत अब्बल सर्जुनसंगै सानु तामाङको स्वरमा ‘दैलो’ बोलको म्युजिक भिडियो आइ म्याक्स मोसन पिक्चरको युटुब च्यानलमा सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको शब्द तथा संगीत विश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ । लोकपप शैलीको गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ । खोटाङ्को रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, तुवाचुङ जयरामघाट लगाएतमा ठाउँमा खिचिएको भिडियोको निर्देशन तथा छायांकनमा अनिल के मानन्धरको रहेको छ ।
लोकपप शैलिको यस गीतले बिहे गरेर लाहुर गएको श्रीमानलाइ श्रीमतिले कतिसम्म माया गर्छन् र कतिसम्म कुर्छन भन्ने बिषयलाइ प्रस्तुत गरिएको छ ।









