विशाल र रचनाको गीतमा स्मारिका, सामरिका र पल
गायक विशाल निरौलाको नयाँ गीत रिलिज भएको छ । ‘माया लाउन मसँग’ बोलको गीतमा विशालसँगै पछिल्लो समयकी व्यस्त गायिका रचना रिमालको समेत स्वर रहेको छ । गीतमा पछिल्लो समय टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालले मोडलिङ गरेको छ ।
उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् । गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलको रोमान्स देख्न सकिन्छ । त्यस्तै यो गीत रचना, स्मारिका र सामारिकाको समेत पहिलो सहकार्य हो । गीतमा केशव बैरागी माइलाको शब्द रहेको छ भने ज्ञानेन्द्र गिरीको संगीत रहेको छ । भिडियो हेर्नुस् :









