उदय र मनिला साेताङकाे नयाँ गजल (भिडियाे)
गायक उदय साेताङ र गायीका मनिला साेताङकाे आवाजमा नयाँ गजल ‘एउटा गजल तिम्राे लागि’ सार्वजनिक गरिएकाे छ। गीतकार सुरेश वाग्लेको शब्द रचनामा तयार नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ लाई युगल जाेडी उदय र मनिलाकाे जीवन सारका रूपमा समेत प्रस्तुत गरिएकाे छ ।
विहीवार नेपाली वेबसाइटकाे अफिसियल युट्युव च्यानलमार्फत् सार्वजनिक गजल म्युजिक भिडियाेमा गायक गायिका स्वयंको अभिनय देख्न सकिन्छ । प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले संगीत भरेका छन् । सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो :









