राजनराज र रेखाको नयाँ गीत ‘घाँसको माया गाईलाई’ (भिडियो)
लोकप्रिय गायक तथा संगीतकार राजनराज सिवाकोटी र गायिका रेखा ढुंगाना कटुवालको आवाज रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘घाँसको माया गाईलाई’ बोलको गीतको म्युजिक भिडियो बिहिबार युटुब मार्फत सार्वजनिक भएको हो । गीतमा राजेन्द्र थापाको शब्द रहेको छ भने गायक राजनराज सिवाकोटीकै संगीत रहेको छ । गीतमा आमोस तामाङको एरेन्ज छ ।

सार्वजनिक म्युजिक भिडियोमा नायिका एलिजा गौतम र गायक तथा मोडल दुर्गेश थापाको अभिनय छ । गीतको अडियो निकै डम्दार छ, भने भिडियो पनि निकै मज्जाको बनेको छ । शिव विकको निर्देशन रहेको भिडियोमा कोरियोग्राफर पनि शिव नै छन् । भिडियो अर्जुन तिवारीले खिचेका हुन् । बिकाश ज्ञावलीले भिडियोको सम्पादनको काम गरेका हुन् ।








