पूजा र राज अभिनित ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक (भिडियो)
नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् ।

उनको आवाजमा समावेश यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन् ।

डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।








