ओबी र गरिमा अभिनित ‘बाहिर हेर्दा देखिने घाउ’ सार्वजनिक
चर्चित गायक रामजी खाड र गायिका गरिमा विरहीको आवाजमा रहेको लोक दोहोरि गीत ‘बाहिर हेर्दा देखिने घाउ’ सार्वजनिक भएको छ । उक्त भिडियो आफ्नो मन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा ओबी रायमाझी र गरिमा बिरहीको अभिनय रहेको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको संगीत रहेको उक्त गीतको भिडियो छायाँकन भने करन चैसिरले गरेका छन् । भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका हुन् । हेर्नुहोस् भिडियो








