चर्चित गायक तथा संगीतकार शंकर थापा स्माईल र गायिका दिपा लामाको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार ‘सार्टन को चोली’ बोलको गीत भावसागर इन्टरटेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक तथा संगीतकार शंकर थापाकै संगीत रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा कार्टन क्रुका सरोज अधिकारी र आश्मा बिकको अभिनय रहेको छ । सुब्रत राज आचार्यको निर्देशन रहेको भिडियोलाई गम्भिर बिष्टको कोरियोग्राफी छ । नवराज उप्रेतीले खिचेको भिडियोमा नबिन निरौलाको सम्पादन छ । भिडियो निकै मज्जाको बनेको छ । गीतको अडियो पक्ष पनि बलियो बनेको छ ।
सेल्फि हानौँलाको अपार सफलतापछि निकै लामो समयको ग्यापपछि गायनमा फर्किएका शंकरले यो गीतबाट राम्रो आशा गरेको बताए ।

For More videos Log on to Mazzako TV