दीलिप र श्रेया अभिनित ‘मुखियाकी छोरी’ सार्वजनिक
मोडल दीलिप ओखेडा र टिकटककी श्रेया सिटौला अभिनित ‘मुखियाकी छोरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। दर्जनौँ म्युजिक भिडियोमा निर्देशन तथा कोरियोग्राफी समेत गरिसकेका दीलिप र टिकटकमा चर्चित श्रेया एकसाथ म्युजिक भिडियोमा देखिएका हुन्। टिकटककी श्रेयाले यसै गीत मार्फत अभिनय यात्रा सुरु गरेकी छन्।
जीवन बडु र एन्जिला रेग्मीको स्वरमा रहेको गीतमा रमेश तिरुवाको शब्द तथा जगत तिरुवाको संगीत र र्याप रहेको छ। विक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोलाई अमन बडुले खिचेका हुन् भने रंग तथा सम्पादन अमन बडु स्वयम् ले नै गरेका छन्।








