सफल गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा किसन रेग्मीको लगानी छ ।

भिडियोमा नायक पुष्प खड्का र मोडल गरिमा शर्माको मोडलिङ छ । भिडियोमा पुष्प र गरिमा रोमान्टिक देखिएका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् । उनी, पछिल्लो समयमा म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् ।

For More videos Log on to Mazzako TV