प्रिन्सि र प्रिस्मलाई बले र मन्जिलको हुन्छ खोसा-खोस (भिडियो)
सागर लम्साल ‘बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड ‘हुन्छ खोसा-खोस’ सार्वजनिक भएको छ । यी दुई जोडीले पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ । सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर, सुनिल बिसीको सहाद ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ ।

गायक भण्डारीले यस अघि बनपालेको लौरी, ओठैमा लाली, मृत्युयोग,स्याऊ ल्याइदिउ की केरा , नियति लगायतका दर्जनौ गीतहरु बजारमा ल्याईसकेका छन् ।रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् ।
भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामांगको मेकअप समाबेश रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् ।








