दयाहाङ र आँचलको भिडियो मज्जाको प्रतिक्रिया सहित ट्रेण्डिङमा
भिडियोमा दयाहाङ राई र आँचल शर्मा अभिनित ‘त्यो तिमि हौ’ बोलको भिडियो मज्जाको प्रतिक्रिया सहित ट्रेण्डिङमा आएको छ । गीतमा राजेश पायल राईको आवाजमा रहेको छ । गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सकेकी छन् । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् ।
महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन,प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन्। भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।









