‘सक्किगोनी’की चर्चित पात्र ‘मुन्नि’ अर्थात् प्रियना आचार्य अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘आँखामा आँशु’ बोलको गीतमा प्रियना संगै कमल सिंहको अभिनय रहेको छ।

प्रदीप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा मेलिना राईको स्वर रहेको छ। प्रेम वियोगलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्।

बुद्ध लामाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। राजेश अर्याल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

For More videos Log on to Mazzako TV