नेपाल आइडल की‘गोल्डेन माइक’ होल्डर मेघाको पहिलो गीत
नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो आधिकारिक गीतको भिडियो सार्वजनिक भएको छ। लोकेश बज्रचार्याको शब्द संगीतमा रहेको पोल्छ बोलको गीतमा मेघाको आवाज रहेको छ। मेघा श्रेष्ठ नेपाल आइडल सिजन ३ को शिर्ष ५ सम्ममा पुगेकी थिइन्।
मेघा श्रेष्ठको नै गीतको भिडियोमा अभिनय रहेको छ भने गीतको भिडियोलाई निर्माण, निर्देशन र सम्पादन लोकेश बज्रचार्य स्वयम् ले गरेका छन्। लोकेश बज्रचार्य निर्देशक तथा सम्पादकको साथै नेपाल आइडल सिजन ३ का निर्देशक पनि हुन्।
रोहित जोन क्षेत्रीको साउण्ड अडियो प्रोडक्सन रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ विजु कर्मचार्यले गरेका हुन्।









