त्रिशाको निर्देशनमा ‘मेरी परि’ सार्वजनिक
चर्चित गीतकार अम्बिका गुरुङको शब्दमा ‘मेरी परि’ बोलको गीत सार्वजनिक भएको छ। यशु थापामगरको स्वर तथा राजन कार्कीको संगीत रहेको उक्त गीतमा केहि समय अघि टिकटकमा भाइरल भएर चर्चा कमाएकी अकेशा पोख्रेल तथा रबिन पोख्रेलको अभिनय छ। बिहान बेलुका मेहनत गर्ने बाउ र छोरी कथा बोकेको उक्त गीतको भिडियो मर्म स्पर्शी बनेको छ।
संचारकर्मी त्रिशा केसीको निर्देशनमा बनेको मेरी परिलाइ हिमाल शर्मा तथा शिखर मल्ल ठकुरीले खिचेका हुन्। गीतलाई सुन्दर बनाउन कलरिस्ट जीवन थापाले रंग भरेका छन् भने,भिडियोको सम्पादन श्री कृष्ण श्रेष्ठको छ। ‘मेरी परि’ गीतलाई भावसागर क्रियशनको अधिकारिक युटुब च्यानल मार्फत हेर्न सकिन्छ।









