बिशालको निर्देशमा रचनाको नयाँ गीत ‘पर्खेर बसुँ’
नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको ‘पर्खेर बसुँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको कम्पोज रहेको गीतको भिडियोमा बरुन लिम्बु र बेबो आचार्यको अभिनय रहेको छ।
संचारकर्मी विशाल अर्यालको निर्देशनमा बनेको गीतको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन्।
वैदेशिक रोजगारीमा श्रीमान् गए पछि स्वदेशमा महिलाले भोग्नु पर्ने दुव्र्यवहारलाई उजागर गर्न खोजिएको छ। दुर्गा धिमालको निर्माणमा बनेको गीताके भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।









