मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पहिलो नजर बोलको गीत हालै एन्जीला फिल्मस्को युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो बिबिसी फिल्मस्ले प्रस्तुत गरेको हो ।बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ । गीतलाई संगीतकार रोशन राई र मेनुका राईले गाएका हुन् ।

अस्मित पोख्रलको निर्देशन रहेको भिडियोमा उमेश र सस्वतीको जोडी मज्जाले जमेको छ । रोशन लुइटेलले खिचेको भिडियोलाई बिजय राज भुर्तेलले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV