गायक किरण भुजेलले फरक शैलीको तीज गीत सार्वजनिक गरेका छन् । शेरा थामीको संगीत रहेको ‘बम बम भोले’ बोलको गीतमा किरणको साथमा बबिना किराँतीको स्वर रहेको छ ।

विकास सिवाकोटीको शब्द रहेको गीत तीजको भएतापनि शैली भने अलग छ । भिडियोमा किरण र बबिनाको साथमा निक्स शर्मा र बिदिशा कार्कीको अभिनय रहेको छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV