‘दि कार्टुन क्रु’बाट अलग्गिएर ‘टिम कार्टुन’ बनेका लाक्पा डि लामा लगायतकाको टिमको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार ‘टिम कार्टुन’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा टिम कार्टुन संगै कविता नेपालीको अभिनय रहेको छ। गायक तथा संगीतकार अशुसेन लामाको समेत विशेष भुमिका रहेको गीतको भिडियोलाई राम घले र लाक्पा डि लामाले निर्देशन गरेका हुन्।

युट्युवरको माया प्रेम र काम विचको तारतम्यलाई रोचक र रमाइलो शैलीमा प्रस्तुत गरिएको भिडियोमा काटुर्न क्रुको पुरानै शैलीलाई निरन्तरता दिइएको छ।

सौरभ तिम्सिनाको शब्द तथा मोहन खतिवडाको स्वर रहेको गीतमा अशुसेन लामाको संगीत रहेको छ। सुविन चौहानको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई जितु लामाले खिचेका हुन् भने लाक्पा डि लामाले नै सम्पादन गरेका हुन्।

‘दि कार्टुन क्रुज’बाट अलग्गिए पछि ‘टिम कार्टुन’को यो दोस्रो औपचारिक भिडियो हो। ‘४४० भोल्ट’को पहिलो आधिकारिक म्युजिक भिडियो पश्चात यो दोस्रो म्युजिक भिडियो रहेको टिमले जनाएको छ। आफूहरुको नयाँ सिर्जनालाई आम दर्शकले उतिकै माया र साथ दिने कुरामा आफूहरु आशावादी रहेको टिम कार्टुनले जनाएको छ।

For More videos Log on to Mazzako TV