प्रदिप बाँस्तोलाको ‘भुसुना’ (भिडियो)
नायक, गायक तथा संगीतकार प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रदिपको शब्द तथा स्वर रहेको गीत हालै सार्वजनिक भएको हो ।
सधै फरक गीत बनाईरहने गायक प्रदीपले भिडियोमा नेपालको झन्डा र कोरोना भाइरसको आकृती समेत प्रस्तुत गरेका छन् । प्रदिपकै सम्पादन र निर्देशनमा तयार भएको भिडियोलाई दिनेश थापाको खिचेका हुन् ।









